काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१९३१ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा २७ जना कोरोनामुक्त भएका छन् । हाल देशभर १४७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।