
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनासतालमा सोमबार मृत भेटिएका छन् । स्थानीयले पानीमा तैरिरहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको थियो । आइतबार राति भण्डारी काठमाडौंबाट जहाज चढेर पोखरा आएका थिए । बेगनासतालमा भण्डारी फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले पुष्टि गरेका छन् ।
जहाजबाट पोखरा आइसकेपछि भण्डारीले राति २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको स्रोतले जनाएको छ ।आइतबार राति १० बजे उनी अपिस जानुछ भनेर घरबाट निस्केका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij