काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । मंगलबार दुई नेताबीच भेटवार्ता भएको हो । रास्वपाले आफ्नो फेसबुक पेजमार्फत भेटवार्ता भएको तस्बिर सार्वजनिक गरेको छ ।
‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौँ भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’ तस्बिरसहितको पोस्टमा लेखिएको छ ।