
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
कानुन समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका दशरथ धमलाले जनाएका छन् ।
यसअघि निर्वाचित अन्य दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले नै शपथ लिएर संसद् बैठकमा उपस्थित भइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij