
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको जानकारी दिए ।
केन्द्रीय समितको उक्त निर्णयलाई संसदीय दलको बैठकले अनुमोदन गर्ने उनले जनाए । यसअघि नागरिकता विवादमा दोषी ठहर भएर संसद् पद गुमेका लामिछाने नागरिकता लिएर पुन: निर्वाचित भइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij