
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे ठोस निर्णय लिन सकेन । सरकारमा सहभागिता हुने वा नहुने भन्नेबारे छलफल गर्न बैठक बसेको थियो ।
आगामी शुक्रबारमात्रै रास्वपाले यस विषयमा निर्णय लिने भएको छ । सभापति लामिछाने आफूहरुले पाएको मन्त्रालय पाए सरकारमा सहभागी हुने विचारमा छन् ।
रास्वपाले सरकारका न्यूनतम साझा कार्यक्रममा आफूहरुले अघि सारेका कुरा पनि समेटिनुपर्नेमा जोड दिएको छ । रास्वपा सरकारमा सहभागी हुनेबारे आफू सकारात्मक रहेको प्रधानमन्त्री दाहालले प्रतिक्रिया दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij