
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा ऐक्यद्धता जनाएका छन् ।
डा. भट्टराईले सोमबार माइतीघर पुगेर महावीर पुनको धर्नाप्रति ऐक्यवद्धता जनाएका हुन् । पुनका माग पुरा गर्न भट्टराईले सरकारसँग आग्रहसमेत गरेका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारनिमित्त सरकार गम्भीर नभएको भन्दै पुन विभिन्न चार बुँदे मागसहित शुक्रबारबाट माइतीघर मण्डलामा धर्ना बसेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij