Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नीराको हत्या आरोपीलाई काठमाडौं ल्याईँदै

नीराको हत्या आरोपीलाई काठमाडौं ल्याईँदै

  • काठमाडौँ । सरस्वतीनगरमा रहेको एक भाँडा पसलकी सञ्चालिका ३२ वर्षिया नीरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइने भएको छ ।

    images
    images
    images

    विश्वकर्मालाई आइतबार काठमाडौं ल्याउन लागिएको हो । काठमाडौंको एउटा एक क्लबमा विनोद बाउन्सरका रुपमा काम गर्दै आएको बताइएको छ । विश्वकर्माले पसलमा लुटपाटको उदेश्यले पाण्डेको हत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।

    हत्या भएकी पाण्डेको सिक्रि लगेको विश्वकर्माले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ३६ वर्षीय विश्वकर्माले आफू डिप्रेसनमा रहेको पनि बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij