
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आज चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १-१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij