
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलमा धर्ना शुरु गरेका छन् ।
आज (शुक्रबार)बाट उनले सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका छन् ।
केही दिनअघि ४ बुँदे माग राख्दै पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij