Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

  • काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

    images
    images
    images

    संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरेका हुन् । गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक थियो । सत्ता गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी गरी ३५ सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । गोरखा २ ‍(२) बाट पाण्डे प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij