
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भारी मतसहित विजयी भएका छन् । लामिछानका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग ४३ हजार २५ मतान्तर रहेको छ ।
रविले ५४ हजार १७६ मत ल्याएका छन् भने श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपाले १० हजार ९ सय ३५ मत प्राप्त गरेका छन् । गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि धेरै मत पाएर रविले चुनाव जितेका हुन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij