
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् ।
उनले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । मंगलबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार उनले ५० हजार ५० हजार २९ मत पाएका छन् । चितवन २ को मतगणना अझै पनि जारी रहेकोले लामिछानेको विजय सुनिश्चित भइसकेको छ ।
यसअघि नागरिकता विवादमा लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij