
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं। प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतान्तर झनै फराकिलो पारेका छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार उनले ३६ हजार १५८ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार १४८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९ हजार १० रहेको छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ६ हजार ६५१ मत पाएका छन् । चितवन २ मा अहिले मतगणना जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij