
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । बारा–२ मा रोकिएको मतगणना ११ बजेदेखि प्रारम्भ हुने भएको छ । सर्वदलीय सहमतिपछि ११ बजेदेखि मतगणना प्रारम्भ हुने भएको हो । मतगणना रोकिएपछि सोमवार बिहान ८ बजे सहमतिका लागि सर्वदलीय बैठक बसेको थियो ।
बैठकमा रानीतिक दल, सुरक्षा निकाय तथा निर्वाचन आयोगका पदाधिकारी सहभागि थिए । सो बैठकले ११ बजेबाट मतगणना प्रारम्भ गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले सर्वदलीय बैठकपछि मतगणना बिहान ११ बजेबाट सुरु गर्ने सहमति भएको जानकारी दिए ।
एमाले नेतृ तथा पूर्वमन्त्री ज्वालाकुमारी साहले मत गणनास्थलमा प्रत्येक उम्मेदवारका २–२ जना प्रतिनिधि रहने सहमति भएको जानकारी दिइन् । उप निर्वाचनमा कुल ६८ हजार ८ सय ८७ मत खसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij