
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा लमहीका एक होटेल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्ने लमही नगरपालिका–५ लमही बजारस्थित बीएन्डबी होटलका सञ्चालक ४४ वर्षीय नुमराज भुसाल रहेको छ ।
उनलाई सोमबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । भुसालले कामको खोजीमा आएका दुई महिलालाई विभिन्न प्रलोभन र डर–त्रास देखाई होटेलमा आएका पाहुनासँग रात बिताउन बाध्य पारेको उजुरीका आधारमा पक्राउ गरेको उनले जानकारी दिए ।
भुसालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भरहेको डीएसपी गौतमले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij