Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

महालक्ष्मी विकास बैंकले ऋणपत्र पूर्ण रुपमा बिक्री

महालक्ष्मी विकास बैंकले ऋणपत्र पूर्ण रुपमा बिक्री

  • काठमाडाैं । महालक्ष्मी विकास बैंकले ऋणपत्रमा छोटो अवधिमा नै पूर्ण बिक्री भएको छ । कम्पनीको ऋणपत्र बैशाख ४ गते अन्तिम दिनसम्म डेढ गुणाले भन्दा बढी आवेदन परेको हो ।

    images
    images
    images

    बैंकले चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ ।

    सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । समयअवधि अगावै पूर्ण रुपमा बिक्री हुन सफल भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लगानीकर्तालाई धन्यवाद प्रकट गर्नुका साथै ऋणपत्र प्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)बोधराज देवकोटाले कृतज्ञता व्यक्त गरेका छन् ।

    ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij