
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । काठमाडौंको टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महांकालमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागेको हो ।
टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
टोखा– १ का वडाअध्यक्ष रमेशकुमार लामिछानेले दुई वर्ष अगाडि नै उक्त मूर्ति निर्माण अगाडि बढेको भए पनि यस वर्षमात्रै निर्माण सुरू भएको जानकारी दिए । बुद्धको मूर्ति एक वर्षभित्र पूरा भइसक्ने सो नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij