Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

साउथ सुपरस्टार अजित कुमार नेपालमा

साउथ सुपरस्टार अजित कुमार नेपालमा

  • काठमाडौँ । साउथ सुपरस्टार अजित कुमार नेपाल आएका छन् । सिलगुढी हुँदै उनी बाइकमै नेपाल आएका हुन् । अजित आइतबार धनुषाको ढल्केबर र सोमबार झापाको सुरुङंगामा देखिएका थिए । सामाजिक सञ्जालबाट उनी नेपालमा रहेको तस्बिर तथा केही भिडियो पनि सार्वजनिक गरिएको छ ।

    जसमा उनी फ्यानबाट घेरिएका र उनलाई केही क्यामराले फलो गरिएको पनि देख्न सकिन्छ । उनी नेपालको मुस्ताङमा एक फिल्मको छायाङ्कनका लागि आएको बताइन्छ । कुन फिल्मका लागि उनी नेपाल आएको त्यसको आधिकारी जानकारी भने बाहिर आएको छैन ।

    साउथ फिल्म क्षेत्रका हिट अभिनेता अजित कुमारको नेपालमा पनि राम्रो क्रेज छ । उनी बाइकका सौखिन हुन् । बाइकमा विश्वका विभिन्न देश समेत उनले घुमिसकेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij