काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतसँग मन्त्री डा. महतको भेट भएको हो ।
उक्त भेटवार्तामा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारेमा चर्चा गरेका थिए ।
त्यस्तै नेपालको आर्थिक अवस्थाकोबारेमा यूएनकी अर्मिदाले चासो राखेको जनाइएको छ ।