
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल एयरलाइन्सले तीन वटा जहाज खरिद गर्ने भएको छ । नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित तीन वटा जहाज खरिद गर्ने भएको हाे ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उप समिति गठन गरेर प्रक्रिया सुरु भएको हो ।
जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी एउटा मात्र जहाज उपलब्ध रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij