काठमाडौं । यही वैशाख ५ गते मंगलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाको अर्को बैठक बस्ने भएको छ ।आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक सभामा टेबुल गर्नुभएको हो ।
त्यस्तै बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।