
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सांसद प्रमोद जयसवालले उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।
शनिबार विज्ञप्ति जारी गरी बारा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद जयसवालले जसपाका उम्मेदवार यादवलाई समर्थन गरेका हुन् । उम्मेदवार यादवलाई मतदान गर्न उनले बारा २ का जनतासँग अपिल समेत गरेका छन् ।
सांसद जयसवालले मधेस आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने उल्लेख गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij