
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोकिएको छ । मतदान केन्द्र बाहिर ठुलो होहल्ला भएपछि मतदान रोकिएको हो । मतदानकेन्द्र बाहिर ठुलो होहल्ला भएको निवार्चन अधिकृतले जनाएका छन् । अहिले मतदान कार्य रोकिएको छ ।
भिड नियन्त्रणका लागि थप सुरक्षाकर्मी बोलाइएको छ । बिहान १० बजेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महासंघको नेतृत्व चयन गर्न मतदान भएको हो । मतदान ८ बजेदेखि हुने भनिएपनि २ घण्टा ढिला सुरु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij