काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार अपराह्न ४ बजे बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ । बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ ।