Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सालकको खपेटासहित ललितपुरबाट दुई जना पक्राउ

सालकको खपेटासहित ललितपुरबाट दुई जना पक्राउ

  • ललितपुर । ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    मकवानपुर बागमती गाउँपालिका-९ घर भई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावरी नगरपालिका-२ घर भई सोही नगरपालिका-७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।  

    जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरूलाई डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पठाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij