
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सरकारले संविधान र कानूनविपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै नेकपा (एमाले)की सांसद विद्या भट्टराईले आपत्ति जनाएका छन्।
संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहरूमा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधानसम्मत ढंगले अर्को परिपत्र गर्न पनि उनले सरकारलाई सचेत गराइन्। उनले संविधान र कानुनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराइन्।
संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरूको जन्मदर्ता उनीहरूको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसैअनुसार आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि सांसद भट्टराईले बताइन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij