
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिएका मूख्य दलका उम्मेदवारहरू नै आफैलाई मतदान गर्न नपाउने भएका छन् । आफैलाई मतदान गर्न नपाउने उम्मेदवारहरूमा सत्ता गठबन्धनबाट बारा–२ का उम्मेदवार उपेन्द्र यादव रहेका छन् ।
त्यस्तै सत्ता समर्थक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन–२ का उम्मेदवार रवि लामिछाने, रास्वपाकै तनहुँ–१ का उम्मेदवार रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले र सुशासन पार्टीका अध्यक्षसमेत रहेका बारा–२ का रमेश खरेलरहेका छन् ।
त्यसका साथै विपक्षी एमालेबाट तनहुँ–१ का उम्मेदवार रहेका पूर्वआइजिपी सर्वेन्द्र खनालले पनि भोट हाल्न नपाउने भएका छन् । कानुन अनुसार मतदाता नामावली जुन केन्द्रमा रहेको छ, सोही क्षेत्रमा मात्र मतदान गर्न पाउने नियम रहेको छ । सोहीकारण उम्मेदवारहरूले आफैलाई मतदान गर्न नपाएका हुन् ।
तनहुँ–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, चितवन–२ का जितनारायण श्रेष्ठ र बारा–२ का एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल स्थायी बासिन्दा भएकाले उनीहरूले मतदान गर्न पाउने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij