
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको पेसी आजको लागि तोकिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा उक्त मुद्दा सुनुवाइ गर्न हिजैका लागि पेसी तोकिएको थियो । तर उनको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो । यो मुद्दामा अब आज पुनः गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्ने नबढ्ने निश्चित हुनेछ ।
लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij