
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरूद्ध चार उजुरी परेको छ । लामिछानेको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा चार वटा उजुरी दर्ता भएका हुन् ।
स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि, र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधिका साथै सिन्धुली निवासी युवराज सफलले रविको उम्मेदवारीविरुद्ध उजुर गरेका हुन् ।
लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको उनीहरूले दाबी गरेका छन् । नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने पनि सो उजुरीमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij