
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठको टिमले मनोनयन दर्ता गरेको छ । महासंघको निर्वाचन यहि चैत २८ र २९ गते हुने भएको छ ।
मंगलबार अञ्जन श्रेष्ठले महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । उनको टिमका अन्य उम्मेदवार जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फ मनिशलाल प्रधान र एसोशिएटमा प्रवलजंग पाण्डेले मनोनयन दर्ता गरेका छन् ।
यसपटकको महासंघको निर्वाचनमा अञ्जनको टिमसहित तीन वटा टिमले प्रतिस्पर्धा गर्दैछ । जसमा रामचन्द्र संघाईको एउटा टिम रहेको छ भने उमेशलाल श्रेष्ठको अर्को टिम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij