Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

  • काठमाडौं । आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । 

    images
    images
    images

    निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्ने छन् । उपनिर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन मनोनयनका क्रममा गर्न नहुने कामको सूची पनि आयोगले सार्वजनिक गरेको छ । 

    उम्मेदवादी दर्ताका लागि कांग्रेस, एमाले राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत पार्टीका उम्मेदवार सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खानाल रास्वपाका स्वर्णिय वाग्ले र राप्रपाका शोभा  गुरुङ लगायतले उम्मेदवारी दिँदै छन् ।

    यस्तै चिनवन २ मा सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने ,राप्रपाका जीवलाल पुरी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् । बारामा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह लगायतले उम्मेदवारी दिने छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij