
Apr 19 2025 | २०८२, वैशाख ६ गते
नेपाल उद्योग वाणिज्य महासंघको चुनावी एक्सप्रेस
काठमाडौं । ज्योत्सना श्रेष्ठ रामचन्द्र संघईको ‘टिम’ मा प्रवेश गरेकी छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठको एसोसिएट उपाध्यक्षमा देखिएकी थिइन् । अञ्जनको भेलामा सहभागी भएकी ज्योत्सना संघईको टिमबाट एसोसिएट उपाध्यक्ष बनेकी हुन् । संघईका एसोसिएट उपाध्यक्षका प्रत्यासी सन्दीप गाडियाले उम्मेदवारी फिर्ता लिएर त्यो ठाउँमा ज्योत्सनालाई लगेको हो । यसकारण चुनावी अंकगणितका हिसाबले ज्योत्सना शक्तिशाली बनेको देखिन्छ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावी अंकगणितका हिसाबले ज्योत्सना श्रेष्ठ शक्तिशाली बनेको देखिन्छ।
आजको अंकगणित आधार मान्दा ज्योत्सनालाई शंकर ग्रुप र त्यसअन्तर्गतबाट २ सय, रामचन्द्र संघईसँग भएको १ सय ५० गरी ३ सय ५० सम्भावित मत छ। त्यसैगरी १९ सदस्य र एक उपाध्यक्षले प्रति उम्मेदवार २५ भोट जम्मा गर्दा ५ सय प्रोक्सी हुन्छ। यसरी दुई मत जोड्दा ८ सय ५० प्रोक्सी मत ज्योत्सनाको पक्षमा छ । महासंघका अनुसार १ हजार ७ सय ५० एसोसिएट मतदाता छन् ।
दुई प्रतिस्पर्धी हुँदा जित्नका लागि ८ सय ७५ मत चाहिन्छ। उनीसँग अहिलै ८ सय ५० मत भएका कारण ज्योत्सनाको पल्लाभारी देखिन्छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij