
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री गगन थापा तनहुँ जाने भएका छन् । सोमबार उनी भट्टराईको उम्मेदवारी दर्ताका लागि तनहुँ जाने भएका हुन् ।
जिल्ला सभापति जीतप्रकाश आलेले तनहुँ–१ मा हुन गइरहेको उपनिर्वाचनका लागि भट्टराईको मनोनयनमा महामन्त्री थापा आउने कार्यक्रम तय भएको जानकारी दिए । सोमबार बिहान ११ बजे एक कार्यक्रम सम्पन्न गरेर २ बजे मनोनयन दर्ताका लागि जाने तयारी गरिएको जिल्ला सभापति आलेले जनाएका छन् ।
सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । तनहुँ–१ मा कांग्रेस परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी र पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेबाट निर्वाचनमा उठ्ने तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij