
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बारा–२ मा हुने उपनिर्वाचनमा जनतामा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।
बारा–२ मा उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय भएको सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताए । यसअघि लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवारी दिने चर्चा गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij