
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सत्तासाझेदर दल नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यो निर्णय गरिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि कांग्रेसले तनहुँ–१ र चितवन–२ मा भने यसअघि नै उम्मेदवारको टुंगो लगाइसकेको छ । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्ने तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij