
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ ।
निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुहुने निर्वाचन आयोगले जनाएको छ ।
रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij