Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल महाराजगन्ज पुगेका छन्। शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड गएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij