
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । जनता समाजवादी पार्टीकी मञ्जु शर्मा अन्सारीले आज प्रतिनिधि सभा सदस्य पदको सपथग्रहण गर्ने भएकी छन् । सिंहदरबारस्थित कानुन समितिको हलमा उनले आज सपथग्रहण गर्न लागेकी हुन् ।
जसपाले प्रतिनिधिसभा सदस्यका लागि अन्सारीलाई सिफारिस गरेको थियो । जसापका सांसद सहनाज रहमानको गत फागुन १३ गते निधन भएपछि एक सांसद पद रिक्त भएको थियो । सोही रिक्त स्थान पदपूर्तिका लागि सप्तरी निवासी अन्सारीलाई सिफारिस गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij