
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं। काठमाडौं उपत्यकामा चारभन्दा बढी स्थानमा डलर साट्ने बाहानामा लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई हाल भक्तपुरको बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तमाङ रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुरको बालकोटबाट पक्राउ गरेको हो ।उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत सातदोबाटो पठाइएको प्रहरीले जनाएको छ ।
उनले उफोनमार्फत डलर साटिदिने भन्दै ३० लाख ५० हजार रुपैयाँ ठगी गरेकफ प्रहरीको आरोप छ । साथै उनले यसअघि पनि नक्कली सुन देखाई ५ लाख रुपैयाँ ठगी गरेको घटनामा मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij