
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । बैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ । बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । चितवन क्षेत्र नम्बर २ मा न्यायाधीश बासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर २ मा न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर १ का लागि न्यायाधीश कोमल प्रसाद आचार्यलाई निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
चैत्र १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ताको कार्यक्रम तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij