
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आज बारा २ का लागि उम्मेदवारमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गर्ने भएको छ ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकले बारा २ को उपनिर्वाचनका लागि उम्मेदवारमा उपेन्द्र यादवको नाम सिफारिस गरेको छ । बारा २ बाट जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो ।
आगामी वैशाख १० गते सो क्षेत्रमा उपनिर्वाचन हुन गइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवारी दिने लगभग निश्चित भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij