
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो ।
बैठकमा समाजवादीलाई भौतिक सहित वन र श्रम मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । तर, अध्यक्ष माधव कुमार नेपालले भने वनको साटो कृषि मन्त्रालय मागेको स्रोतले बताएको छ ।
यद्यपि मन्त्रालयमा ठोस सहमति नभएपनि आज बेलुकासम्म एक जनाको नाम दिन प्रचण्डले नेपाललाई आग्रह गरेका छन् । सोहीअनुसार समाजवादीले आजै सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij