
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । कलाकार तथा मोडल दुर्गेश थापाविरुद्ध परेको कुटपीटको उजुरीमा मिलापत्र भएको छ ।
काठमाडौंको एक वनभोज कार्यक्रममा टिकटकर रिदम क्षेत्री( ह्यान्सी ब्रो) ले आफुमाथी कुटपीट भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।आज प्रहरी कार्यालय महाराजगञ्जमा दुईबीच मिलापत्र भएको हो ।
प्रहरीमा छलफलका लागि पुगेका थापा र क्षेत्रीले एक अर्कासँग आज माफी मागेर मिलापत्र गर्न राजी भएका हुन् । अबदेखि कहिल्यै पनि एक अर्कासँग झै झगडा नगर्ने सहमती सहित मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij