काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ । सरकार विस्तारका बारेमा छलफल गर्न दलहरु बालुवाटारमा भेला भएका हुन् । हिजो बसेको बैठक निष्कर्षबिहीन भएको थियो ।
जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरु उपस्थित छन् ।