
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेपाली कांग्रेसले डा. अर्थमन्त्रीमा प्रकाशशरण महतलाई पठाउने भएको छ । ८ मन्त्रालयसहित सरकारमा जान लागेको कांग्रेसले डा. महतलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो ।
आज सत्ता गठबन्धनको बैठकमा सहमति भए बुधबारसम्म मन्त्रिमण्डल विस्तार हुने र अर्थमन्त्रीको जिम्मेवारी डा. महतले पाउने लगभग निश्ति भएको बताइएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच अर्थ मन्त्रालय कांग्रेसले लिने र गृह मन्त्रालय माओवादी राख्ने सहमति भएको छ । अर्थमन्त्रीका लागि डा. मतलाई नै अघि सार्ने निर्णय भएको स्रोतले जनाएको छ ।
अर्थशास्त्र विद्यावारिधी गरेका डा. महत अर्थतन्त्रबारे राम्रो ज्ञान राख्ने नेतामा गनिन्छन् । संकटोन्मुख अर्थतन्त्र सम्हाल्ने चुनौती सरकार सामु रहेका बेला डा. महत आउने भएपछि यसले पुँजी (शेयर) बजारमा समेत सकारात्मक प्रभाव पार्ने अड्कल भइरहेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij