
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाउने शीर्ष नेताहरुबीच सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार भएको शीर्ष नेताहरुबीचको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij