Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई उम्मेदवार बन्ने

तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई उम्मेदवार बन्ने

  • काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने भएका छन् ।

    images
    images
    images

    रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै रिक्त भएको पदपुर्तिका लागि हुन गइरहेको उपनिर्वाचनमा भट्टराई उम्मेदवार बन्ने पक्का जस्तै भएको हो ।  सभापति शेरबहादुर देउवाले रिक्त भएको तनहुँ–१ का लागि तयारी गर्न भट्टराईलाई निर्देशन दिइसकेका छन् । 

    शनिबार बसेको पदाधिकारी बैठकमा पनि तनहुँ–१ मा भट्टराईलाई उम्मेदबार बनाउने सहमति जुटेको स्रोतले जनाएको छ । अहिलेसम्म भट्टराईले संसदी निर्वाचन लड्ने अवसर पाएका छैनन् ।

    भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवौँ अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij