
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट सरकार सहभागी भएका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने भएको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्रोतले जानकारी दिएको हो ।
नागरिकता विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि गृह मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री प्रचण्ड आफैले सम्हालिरहेका छन् ।
सत्ता गठबन्धनमा भागबन्डा मिलाउनका लागि माओवादीले गृहमा श्रेष्ठलाई पठाउने तयारी गरेको हो । आज उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी गराउने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij