Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

चलचित्र विकास बोर्ड सदस्यमा पीडित र अधिकारी नियुक्त

चलचित्र विकास बोर्ड सदस्यमा पीडित र अधिकारी नियुक्त

  • काठमाडौंँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र निर्माता रवि अधिकारी नियुक्त भएका छन् । हालै बसको मन्त्रिपरिषद बैठकले अगामी २ वर्षका लागि उनीहरुलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

    नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत रहेका केएलले थारु भाषाको फिल्म ‘भुइँयार’ र ‘लावाजुनी’ को निर्देशन गरेका छन् ।साथै उनी चितवनका स्थानीय अधिकारी नेकपा माओवादी निकट सञ्चारकर्मी हुन् ।

    लामो समयदेखि उनी मनोरञ्जन पत्रकारितामा सक्रिय छन् । त्यस्तै उनी चलचित्र पत्रकार संघ चितवन शाखाको निवर्तमान अध्यक्ष समेत हुन् । नेपालबाट ओस्कारका लागि सिफारिस भएको फिल्म ‘पञ्चायत’ उनले निर्माण गरेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij